
लमजुङ । लमजुङमा चैत १ गते यता विदेशबाट आउनेको संख्या २ सय ८० रहेपनि ७३ जना मात्रै क्वारेन्टाइनमा बसेका छन् ।
बांकी घरमै क्वारेन्टाइनमा बसेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।
कोरोना भाइरस रोकथाम कमाण्ड पोष्टका अनुसार भारतसहित तेस्रो मुलुकबाट आएका विदेशीहरुलाई पनि क्वारेन्टाइनमा राखिएको छ ।
धादिङका कोरोना संक्रमित युवकसँगै एउटै विमानमा आएका लमजुङका ६ जना नै क्वारेन्टाइनमा बसेकामध्ये ३ जनाको स्वाब परीक्षण गर्दा नेगेटिभ रिपोर्ट देखिएको छ ।
जिल्लाका आठवटा स्थानीय तहमा हालसम्म ९ सय ४ शैयाको क्वारेन्टाईन निर्माण गरिएपनि अधिकांश खाली छन् ।
प्रतिक्रिया दिनुहोस्