बुटवलको मेयरमा गठबन्धनबाट खेलराज पाण्डेले गरे उम्मेदवारी दर्ता « Imagekhabar – Online News Portal of Nepal


बुटवलको मेयरमा गठबन्धनबाट खेलराज पाण्डेले गरे उम्मेदवारी दर्ता


208
Shares

काठमाडौं । बुटवल उपमहानगरपालिकाको मेयरमा सत्तारुढ गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका खेलराज पाण्डेले उम्मेदवारी दर्ता गराउनुभएको छ ।

कांग्रेस बुटवल नगर सभापति समेत रहेका उहाँले दिउँसो २ बजे उम्मेदवारी दर्ता गराएका हुन् ।

मनोनयन दर्ता गर्नुअघि नगरप्रमुखका उम्मेदवार पाण्डेले आफु निर्वाचित भएपछि बुटवलको सडकलाई व्यवस्थित र ट्राफिक जामलाई कम गर्न बाइपास सडक बनाउने, उपमहानगरपालिकाका साना व्यवसायीहरूलाई समेत बोझ बनाइएको चर्को करलाई हटाउने आफ्नो मुख्य एजेण्डा रहेको बताउनुभयो ।

गठबन्धनभित्रकै एउटा दल जनता समाजवादी पार्टीले भने आइतबार नै मेयर र उपमेयर दुवै पदमा उम्मेदवारी दर्ता गराएको थियो ।

त्यसैगरी बुटवल उपमहानगरपालिकाको उपमेयरमा भने नेकपा एकीकृत समाजवादीका चिनबहादुर गुरुङले उम्मेदवारी दर्ता गराएका छन् ।

बुटवलमा नेकपा एसको भागमा उपमेयर परेको थियो ।