Logo २४ कार्तिक २०८२, सोमबार | Tue Nov 11 2025


भारतको कोरोना कोषमा चर्चित गायिका लता मंगेशकरद्वारा भारु २५ लाख सहयोग


0
Shares

नयाँदिल्ली । भारतका प्रख्यात गायिका लता मंगेशकरले विश्वमा महामारीका रुपमा फैलिएको कोरोना भाइरसको सङक्रमण रोक्नको लागि महाराष्ट्रको मुख्यमन्त्रीको राहत कोषमा २५ लाख सहयोग गर्ने बताएकी छन् ।

कोरोना भाइरसबिरुद्ध लडाईमा देशलाई समर्थन गर्न मनोरञ्जन क्षेत्रका व्यक्तित्वहरुका नाम यसअघि नै नामसूचीमा दर्ता भइसकेको छ । सोमबार गायक अदनान सामीले रकम खुलासा नगरी मुख्यमन्त्री राहत कोषमा आफ्नो समर्थन र योगदान गर्ने घोषणा गरे ।

यसैगरी बलिउड क्षेत्रका अक्षय कुमार, कपिल शर्मा, शिल्पा शेट्टी, राजकुमार राव, वरुण धवन, विक्की कौशल, आलिया भट्ट र सारा अली खानले कोभिड –१९ विरुद्धको लडाईलाई समर्थन गर्न सहयोग गर्ने बताइसकेका छन् ।