
एजेन्सी । भारतीय अभिनेता शाहिद कपूर अभिनित फिल्म ‘जर्सी’ हालै रिलिज भएको छ ।
फिल्म रिलिज भएको २ दिनमा फिल्मले ९ करोड ५० लाख भारतीय रुपैयाँ कमाई गरेको छ ।दक्षिण भारतीय दूई ठूला फिल्म ‘आरआरआर’ र ‘केजीएफ च्याप्टर २’ को सफलता पश्चात दर्शकहरूले यो फिल्मलाई पनि उतिकै मन पराएका छन् । यो फिल्मले सुरुवाती दिनमा भन्दा दोस्रो दिनमा राम्रो कमाई गरेको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् ।
फिल्मले पहिलो दिन करिब ४ करोड भारतीय रुपैयाँ कमाएको थियो भने फिल्मले दोस्रो दिन ५ करोड ५० लाख भारतीय रुपैयाँ कमाएको छ । साथै फिल्मले तेस्रो दिन अझै राम्रो कमाई गर्ने अनुमान गरिएको छ । ६० करोड भारतीय रुपैयाँको बजेटमा बनेको फिल्मलाई २१ सय वटा स्क्रिनमा रिलिज गरिएको छ । शाहिदको यस अघिको फिल्म कबिर सिंह बक्स अफिसमा सुपरहिट भएको थियो । त्यसैले यो फिल्ममा पनि दर्शकहरूले ठूलो आशा राखेका छन् ।
गौतम तिन्ननुरीद्वारा निर्देशित यो फिल्म सोहि नामको तेलुगु फिल्मको रिमेक हो । फिल्ममा शाहिद कपूर, मृणाल ठाकुर, पंकज कपुर जस्ता कलाकारहरू रहेका छन् । शाहिदले क्रिकेटरको भूमिका निभाएका छन् भने उनको अभिनयलाई दर्शकहरूले निकै मन पराएका भारतीय सञ्चार माध्यमले जनाएका छन् ।
प्रतिक्रिया दिनुहोस्