
बिराज रोस्यारा (इमेज)
कैलाली, चैत १८ । धनगढीका कोरोना संक्रमित युवकको परिवारका सदस्यहरुको ‘थ्रोट’ स्वाबको नमुना संकलन नगरी घर पठाइएको छ ।
दुबईबाट फर्किएर गत ११ गते सेती प्रादेशिक अस्पतालको ‘आइसोलेसन वार्ड’मा भर्ना भएर कोरोना ‘पोजिटिभ’ देखिएका ३४ वर्षीय युवकका परिवारका अन्य सदस्यको नमुना संकलन नगरिएको हो ।
सेती प्रादेशिक अस्पतालका प्रवक्तासमेत रहेको इमरजेन्सी विभाग प्रमुख डा. जगदीशप्रसाद जोशीले उनीहरुमा पूर्वलक्षण नदेखिएकाले तत्काल नमुना संकलन नगरिएको बताए ।
डा. जोशीले बिरामीको परिवारका सदस्यहरुमा कुनै लक्षण नदेखिएकाले अहिले ‘क्वारेन्टाइन’मा नराखेको बताए ।
धनगढीस्थित रंगशालामा निर्माण गरिएको क्वारेन्टाइनमा राखिएका ८ जना परिवारका सदस्य र अस्पताल पुर्याउने आफन्तलाई पनि ‘सेल्फ’ क्वारेन्टाइनमा बस्न भन्दै सोमबार साँझ घर पठाइएको बताइएको छ ।
प्रतिक्रिया दिनुहोस्