एमाले केन्द्रीय सचिवालयको बैठक बस्दै « Imagekhabar – Online News Portal of Nepal
२७ श्रावण २०७९, शुक्रबार | Fri Aug 12 2022


एमाले केन्द्रीय सचिवालयको बैठक बस्दै


494
Shares

काठमाडौं । नेकपा (एमाले) को केन्द्रीय सचिवालयको बैठक आज शनिबार बस्दै छ ।

बैठक पार्टी अध्यक्ष केपी शर्मा ओलीको निजी निवास बालकोटमा दिउँसो तीन बजे बस्न लागेको हो ।

बैठकले महानगरपालिका र उपमहानगरपालिकका उम्मेद्वारको टुंगो लगाउने सचिवालयले जनाएको छ । बैठकले निर्वाचन सम्बन्धि आवश्यक निर्णय पनि गर्ने नेताहरुले बताएका छन् ।

एमालेले ६ महानगर र ११ उपमहानगरपालिका उम्मेदवार केन्द्रबाट तय गर्न लागेको हो । ६ वटा महानगरपालिकामध्ये ललितपुमा हरिकृष्ण ब्यन्जनकार, वीरगञ्ज विजय सराबगी र भरतपुरमा विजय सुवेदीको नाम मेयरका लागि सर्वसम्मतरूपमा सिफारिस भइसकेको छ ।