गठबन्धनलाई एमाले सम्झिएर ऐठन पर्छ : अध्यक्ष ओली « Imagekhabar – Online News Portal of Nepal


गठबन्धनलाई एमाले सम्झिएर ऐठन पर्छ : अध्यक्ष ओली


52
Shares

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सत्तारुढ गठबन्धनलाई ‘अदालतले जोडेको थोत्रा टालाको पुतली’को संज्ञा दिनुभएको छ ।

सत्तारुढ गठबन्धनलाई एमाले सम्झिएर निद्रामा पनि ऐठन हुने गरेको बताउनुभयो । बेहाल अवस्थामा रहेको गठबन्धनले आफ्नो पार्टीलाई डराएको भन्न नमिल्ने बताउनुभयो ।

अध्यक्ष ओलीले समृद्ध नेपालः सुःखी नेपालीको राष्ट्रिय संकल्पलाई पूरा गर्न एमालेलाई आगामी तीन वटै तहको निर्वाचनमा विजयी गराउनुको विकल्प नरहेको पनि दोहोर्‍याउनुभयो । पाँच दलीय गठबन्धनले देशलाई बिगारेको उल्लेख गर्दै उहाँले त्यसलाई सही बाटोमा ल्याउन एमालेले आगामी सबै तहको निर्वाचनमा जित्नैपर्ने जिकीर गर्नुभयो ।

चैत्र महिना भित्रै मेलम्चीको पानी काठमाडौं खसाल्छु भनेपनि सरकारले नसकेको भन्दै अध्यक्ष ओलीले बर्खामा बाढि पसेपछि मात्रै सरकारले पानी नभइ काठमाडौंमा टनेलमार्फत भल खसाल्ने बताउनुभयो ।

धरहरा र भ्यू टावर निर्माणको आलोचना भएकोप्रति आक्रोश व्यक्त गर्दै अध्यक्ष ओलीले भ्यू टावरहरु राष्ट्रका गौरव भएको बताउनुभयो । धरहरा र भ्यू टावरले केही दिँदैन भनेर आलोचन गर्नेलाई जवाफ दिदै उहाँले दूध दिनलाई गुजराती भैँसी किनेर बाँधेको नभएको तर्क गर्नुभयो ।