 
	    काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा एमालेले आज (शुक्रबार) स्थानीय चुनावको घोषणा पत्र सार्वजनिक गर्ने भएको छ ।
७४ औं पार्टी स्थापना दिवसको अवसर पारेर एमालेले घोषणापत्र सार्वजनिक गर्न लागेको हो । थापाथलीमा रहेको पार्टी मूख्यालय शुक्रबार नै ललितपुरको च्यासलस्थित तुल्सीलाला अमात्यस्मृति भवनमा सारेर त्यहींबाट घोषणापत्र सार्वजनिक गरिने एमाले सचिवालयले जनाएको छ ।
एमाले महानगरहरु र उपमहानगरहरुका उम्मेदवारको सूची भने शनिबार मात्रै सार्वजनिक गर्ने भएको छ । एमालेबाट फुटेर बनेको नेकपा एकीकृत समाजवादीले यसअघि नै घोषणापत्र सार्वजनिक गरिसकेको छ। राष्ट्रिय प्रजातन्त्र पार्टी र जनता समाजवादी पार्टीले पनि घोषणापत्र ल्याईसकेका छन् ।
सत्ताका प्रमुख साझेदार नेपाली कांग्रेस र माओवादी केन्द्रले भने घोषणापत्र ल्याएका छैनन् ।


 कोशी
कोशी
                                         मधेश
मधेश
                                         बागमती
बागमती गण्डकी
                                            गण्डकी
                                         लुम्बिनी
लुम्बिनी
                                         कर्णाली
कर्णाली
                                         सुदूरपश्चिम
सुदूरपश्चिम 
	                                	                            

 
                
प्रतिक्रिया दिनुहोस्