 
	    काठमाडौं । विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) का महानिर्देशक डा. टेड्रोस अधानोम गेब्रेयससले राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनासँग भेटवार्ता गर्नुभएको छ ।
बिहीवार काठमाडौं आइपुग्नु भएका डा. गेब्रेयससले अध्यक्ष तिमिल्सिनालाई सिंहदरबारमा भेट्नुभएको हो । भेटवार्ताको क्रममा नेपालमा विश्व स्वास्थ्य संगठनले जनस्वास्थ्यको क्षेत्रमा सहयोग गरिरहने कुरामा छलफल भएको थियो ।
भेटमा डब्ल्यूएचओ र नेपालबीचको सम्बन्ध आगामी दिनमा अझ प्रगाढ रहने कुरामा छलफल भएको थियो । भेटमा महानिर्देशक गेब्रेयेससले नेपाल आएर खुशी लागेको र डब्ल्यूएचओले निरन्तर सहयोग गरिरहने बताउनुभयो ।
भेटवार्ताको क्रममा उहाँले कोभिड–१९ को खोप लगाउने सम्बन्धमा नेपालले नमुनायोग्य काम गरेको भन्दै प्रशंसा गर्नुभएको थियो ।


 कोशी
कोशी
                                         मधेश
मधेश
                                         बागमती
बागमती गण्डकी
                                            गण्डकी
                                         लुम्बिनी
लुम्बिनी
                                         कर्णाली
कर्णाली
                                         सुदूरपश्चिम
सुदूरपश्चिम 
	                                	                            

 
                
प्रतिक्रिया दिनुहोस्