२९ असार २०८२, आइतबार | Mon Jul 14 2025


अर्घाखाँची आएका चार सय मजदुरलाई घर पठाइयो


0
Shares

अर्घाखाँची । अर्घाखाँचीमा विभिन्न जिल्लाबाट आएका करिब ४ सय मजदुरलाई उनीहरुकै गृह जिल्ला पठाईएको छ ।

विभिन्न विकास निर्माणको काम गर्न बझाङ, बर्दिया, प्यूठान, रोल्पा, सल्यान, सुनसरीलगायतका जिल्लाबाट उनीहरु मजदूरी गर्न आएका थिए ।

उनीहरुलाई बसबाट गृह जिल्ला पठाइएको र ठेकेदारहरुले नै आवश्यक खर्च व्यहोर्ने जिल्ला प्रशासन कार्यालय अर्घाखांचीले जनाएको छ ।