कन्चनपुर । कञ्चनपुरमा कोरोना भाइरसको आशंकामा आइसोलेसनमा राखिएका चार जना युवकको रिपोर्ट नेगेटिभ आएको छ ।
संक्रमणको आशंकामा महाकाली अस्पतालको आइसोलेसनमा भर्ना भएका ६ जनामध्ये चार जनामा कोरोना संक्रमण नदेखिएको पुष्टि भएको हो ।
भारतबाट नेपाल फर्किएका उनीहरुमा उच्च ज्वरो देखिएपछि आइसोलेसनमा राखेर नमूना परीक्षण गरिएको थियो । दुई जनाको रिपोर्ट आउन बाँकी छ ।
कोरोना भारइरस संक्रमणको जस्तै मिल्दो लक्षण देखिएपछि महाकाली अस्पतालमा ६ जनालाई आइसोलेसन वार्डमा राखेर उपचार थालिएको थियो ।
सरकारले देशैभर लकडाउनको घोषणा गरेपछि कञ्चनपुरको पश्चिमी सीमा नाका हुँदै भारतमा रहेका नेपालीहरु स्वदेश फर्किने क्रम अझै रोकिएको छैन् ।
स्थानीय प्रशासनले उनीहरुको स्वास्थ्य परीक्षण गरि शंकास्पद व्यक्तिलाई अस्पताल भर्ना गर्ने गरेको छ भने अन्यलाई गन्तव्यसम्म पुर्याउने काम भैरहेको छ ।








प्रतिक्रिया दिनुहोस्