
काठमाडाैं । हाल नेपालमा उत्तर प्रदेश, बिहार र पश्चिम बंगालमा बनेको न्यून चापिय रेखाको प्रभावका साथै स्थानीय वायुको समेत प्रभाव रहेको छ।
आज (बिहिबार) बिहान सुदुरपश्चिम प्रदेश, लुम्बिनी प्रदेश तथा देशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रहेकाे छ। बाँकी भू-भागमा भने माैसम सामान्यतया सफा रहेको माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ। बिहिबार दिउँसो भने देशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रहनेछ ।
बाँकी भू-भागमा भने आंशिक बदली रहनेछ । देशका पहाडी भू-भाग र बाँकी भू-भागका केही स्थानमा मेघगर्जन र चट्याङ्गसहित हल्का वर्षाको समेत सम्भावना रहेको माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ। बिहिबार राती भने देशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रहनेछ। बाँकी भू-भागमा भने आंशिक बदली हुनेछ।
साथै गण्डकी प्रदेश, बाग्मती तथा प्रदेश-१ र बाँकी प्रदेशका केही स्थानमा मेघगर्जन र चट्याङ्गसहित क्षणिक वर्षाको समेत सम्भावना रहेको महाशाखाले जनाएकाे छ ।
प्रतिक्रिया दिनुहोस्