३१ श्रावण २०८२, शनिबार | Sat Aug 16 2025


रौतहटमा ५ सय बेडको क्वारेन्टाइन र १० बेडको आइशोलेशन वार्ड


0
Shares

रौतहट । कोराना भाइरस फैलन नदिन रौतहटको १७ स्थानीय तहसहित सुरक्षा निकायले २१ स्थानमा अस्थायी क्वारेन्टाइन सञ्चालनमा ल्याएका छन ।

नेपाली सेना, जिल्ला प्रहरी कार्यालय, शसस्त्र प्रहरी बल नेपाल रौतहटसहित विभिन्न २१ स्थानमा ५ सय १८ बेडको सञ्चालित क्वारेन्टाइनमा ७६ जना रहेका छन् ।

यस्का अलावा चन्द्रपुर हस्पिटल प्रालिले समेत १० बेडको आइसोलेसन बेड सञ्चालनमा ल्याएको छ ।

चन्द्रपुर–६ मा रहेको एन्फाद्वारा निर्मित सुविधा सम्पन्न महिला एकेडेमीमा बनाइएको क्वारेन्टाइनमा राखिएकाहरुलाई डाक्टरहरुले मनोसामाजिक परामर्श दिँदै आएका छन् ।