Logo १० फाल्गुन २०८२, आइतबार | Mon Feb 23 2026


सर्वोच्चको आदेशसँगै गभर्नर अधिकारी आजदेखि नियमित काममा फर्किँदै


260
Shares

काठमाडौं । सर्वोच्च अदालतको अन्तरिम आदेशसँगै नेपाल राष्ट्र बैंकका निलम्बित गभर्नर महाप्रसाद अधिकारी आज बुधबारदेखि नियमित काममा फर्किदै हुनुहुन्छ ।

मंगलबार न्यायाधीश हरिप्रसाद फुयाँलको एकल इजलासले अन्तरिम आदेशको सम्बन्धमा निर्णय नहुन्जेलसम्मका लागि अधिकारीलाई आफ्नो पदीय जिम्मेवारी पूरा गर्न दिनु भनी विपक्षीहरूका नाममा अन्तरिम आदेश जारी भएपछि अधिकारी नियमित काममा फर्किन लाग्नु भएको हो ।

अधिकारी चैत २४ गते मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार चैत २५ गतेबाट निलम्बनमा पर्नु भएको थियो ।

गभर्नर अधिकारीले सर्वोच्चको अल्पकालीन अन्तरिम आदेशअनुसार आज बुधबारबाट नियमित काममा फर्किने प्रतिक्रिया दिनुभयो । उहाँ १२ दिनपछि कार्यालय जाँदै हुनुहुन्छ ।

मन्त्रिपरिषद्ले गभर्नर अधिकारीलाई निलम्बन गर्दै पूर्वन्यायाधीश भण्डारीको नेतृत्वमा जाँचबुझ समिति बनाएको थियो । तर, सर्वोच्चले योसँग सम्बन्धित कुनै पनि निर्णय कार्यान्वयन नगर्न भनेको हो ।

सर्वोच्चले दुबै पक्षलाई छलफलका लागि वैशाख १३ गते बोलाएको छ ।

Skip This