Logo १६ चैत्र २०८२, सोमबार | Tue Mar 31 2026


पिपीईको अभावमा कोरोना अस्थायी अस्पताल संचालनमा आएन


0
Shares

बारा । पिपीईको अभावमा बारामा निर्माण भएको कोरोना अस्थायी अस्पताल संचालनमा आएको छैन ।

कोरोना भाइरस संक्रमित बिरामीका लागि जिल्लाका विभिन्न स्थानमा स्थापना भएका आइसोलेसन र क्वारेन्टाइन बनेपनि पर्याप्त उपकरण र रोकथामको औषधि नहुँदा संचालनमा नआएको हो ।

बाराको सिमरास्थित अस्थायी अस्पतालमा स्वास्थ्यकर्मीका लागि पीपीई, औषधी र उपकरण नहुँदा अझै संचालनमा आउन नसकेका हो ।

स्थानीय तह, सेना, प्रहरी र स्थानीयको सहभागीतामा ७२ घण्टाभित्र तयार गरी सञ्चालनमा ल्याउने लक्ष्य राखेको उक्त अस्थायी अस्पतालमा पीपीई, औषधी र उपकरण अभाव खड्किएको हो ।

अस्थायी अस्पताललाई पाँचसय बेडसम्मको क्वारेन्टाइन र एकसय बेडको आइसोलेशन बनाउन सकिने पूर्वाधार बनेको र हाल ५० बेडको क्वारेन्टाइन र १० आइसोलेशन वार्ड तयार भएको छ ।

शंकास्पद बिरामीलाई आइसोलेसन कक्षमा रोकथामका लागि आवश्यक पीपीई, कोरोनाको स्याम्पल पठाउनेजस्ता उपकरण र औषधि निर्माण सम्पन्न उक्त अस्थायी अस्पतालमा जुटाउने पहल थालिएको जितपुर सिमरा उपमहानगरले जनाएको छ ।

बारामा हालसम्म क्वारेन्टाइन नहुँदा वैदेशिक रोजगारीबाट फर्केका केही युवालाई वीरगञ्ज र कलैया अस्पतालमा राखिएको छ