गठबन्धनले गरेको भागबन्डा हामीलाई मान्य छ : मेयर महर्जन « Imagekhabar – Online News Portal of Nepal


गठबन्धनले गरेको भागबन्डा हामीलाई मान्य छ : मेयर महर्जन


1.495k
Shares

काठमाडौं । ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले गठबन्धनले गरेको भागबन्डा आफूहरूले मान्ने बताउनुभएको छ ।

मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै मेयर महर्जनले गठबन्धनले महानगरपालिकामा गर्ने भागबन्डा आफूहरूले मान्ने बताउनुभएको हो ।

उहाँले ललितपुर महानगरपालिका भने नेपाली कांग्रेसले पहिले पनि निर्वाचन जितेको हुनाले यस पटकको निर्वाचनमा अरूलाई नछोड्ने बताउनुभयो ।

ललितपुर महानगरपालिकाको मेयर र उपमेर आफूहरूले राख्ने उहाँले बताउनुभयो ।

त्यसैगरी यसअघि नेपाली कांग्रेसले जितेको १० वटा वडाहरू पनि आफुहरूलाई राख्ने र बाँकी रहेको १९ वटा वडामा पनि आफूहरूले ५० प्रतिशत लिएर भागबन्डा गर्ने उहाँले बताउनुभयो ।

मेयर महर्जनले ललितपुर महानगरपालिकामा मेयरको उम्मेदवार आफू भएको पनि बताउनुभयो । आफूले नै मेयरको टिकट पाउने उहाँको दाबी छ ।