शेयर बजारमा सामान्य सुधार, कारोबार डेढ अर्बमै सीमित « Imagekhabar – Online News Portal of Nepal
११ असार २०७९, शनिबार | Sat Jun 25 2022


शेयर बजारमा सामान्य सुधार, कारोबार डेढ अर्बमै सीमित


104
Shares

काठमाडौं । निरन्तर वियरिष ट्रेण्डमा रहँदै आएको शेयर बजारमा मंगलबार सामान्य सुधार आयो ।

उतार चढावबीच बजार परिसूचक नेप्से १३ अंकले उकालो लागेर २३ सय ५७ अंक कायमभयो ।

कारोबार भने थप खुम्चिएर सवा अर्ब हाराहारीमै सीमित भयो । कारोबार भएका सबै समूह सकारात्मक रहँदा जीवन बीमा समूहमा सबैभन्दा उच्च सय अंक बराबरको वृद्धि आयो ।

अरु बढीजसो समूह दोहोरो अंकले सकारात्मकरहे । यस दिन नेपाल स्टक एक्सचेन्जमा २ सय २९ कम्पनीको ३२ लाख १३ हजार कित्ता शेयर जम्मा १ अर्ब ३३ करोड बराबरमा किनबेच भएको एक्सचेन्जले जनाएको छ ।

यस दिन १ सय २५ कम्पनीको शेयर मूल्य बढ्दा ५१ को घट्यो भने १९ कम्पनीको मूल्य स्थिर रहेको पनि नेप्सेले जनाएको छ ।