३१ श्रावण २०८२, शनिबार | Sat Aug 16 2025


सिन्धुपाल्चोकका तीन ठाउँमा आइशोलेशन वार्ड बन्ने, लिपिङमा अन्तराष्ट्रिय मापदण्डको हेल्थ डेस्क


0
Shares

सिन्धुपाल्चोक । कोरोना भाइरस (कोभिड १९) नियन्त्रणका लागि जिल्लाका तीन ठाउँमा आइशोलेशन वार्ड बन्ने भएको छ ।

जिल्ला समन्वय समितिको समन्वयमा जिल्लाका जनप्रतिनिधि, रमजनैतिक दल र सरोकारवालाहरुको शनिबार चौतारामा बसेको बैठकले मेलम्ची, चौतारा र बाह्रविसेमा आइशोलेशन वार्ड निर्माण गर्ने निर्णय गरेको छ ।

आइशोलेशन वार्ड निर्माणका लागि जिल्लाका प्रत्येक पालिकाले पाँच लाख बजेट विनियोजन गर्ने भएका छन् ।

बैठकले आइशोलेशन वार्ड निर्माणका लागि वाग्मती प्रदेश सरकारलाई समेत सहयोगको आग्रह गर्ने भएको छ । 

मेलम्ची, हेलम्बु, पांचपोखरी र ,ईन्द्रावती पालिकाको लागी मेलम्चीमा आईसोलेशन वार्ड स्थापना गरिनेछ ।

चौतारामा बन्ने आइशोलेशनमा चौतारा सांगाचोकगढी, ,जुगल र वलेफी पालिकाका शंकास्पद संक्रमितलाई राखिनेछ ।

 त्यसैगरी बाह्रविसेमा बन्ने आइशोलेशनमाा सुनकोशी, लिसंखुपाखर, त्रिपुरासुन्दरी, बाह्रविसे, भोटेकोशी पालिकाका संक्रमितहरुलाई राखिनेछ ।

यसैगरी बैठकले राहत सामाग्री तथा स्वास्थ्य सामाग्री एकद्धार निति अन्तरगत बाँडिने हुँदा अनावश्यक भिडभाड नगर्न पनि आग्रह गरेको छ ।

सम्पुर्ण सामाग्री जिल्ला विपद व्यवस्थापन समिति तथा पालिका विपत व्यवस्थापन समितिमा बुझाउनुपर्ने र अनिवार्य एकद्धार निति अबलम्बन गर्न भनेको छ ।

यसैबीच भोटेकोशी गाउँपालिकाले अन्तराष्ट्रिय मापदण्डअनुसारको हेल्थ डेस्क राख्ने भएको छ ।

पालिका छिर्ने सखुवा बजार र लिपिङ बजारमा अन्तराष्ट्रिय मापदण्डको हेल्थ डेस्क राख्ने तयारी भएको गाउँपालिका अध्यक्ष राजकुमार पौडेलले जानकारी दिए ।

सरकारले तातोपानी नाका खोल्ने निर्णय गरेसँगै लिपिङ बजारमा विश्व स्वास्थ्य संगठनको मापदण्ड अनुसारको हेल्थ डेस्क राख्ने पौडेलले बताए ।

यद्यपि अहिले मेडिकल सामाग्रीबाहेक तातोपानी नाकाबाट अन्य सामाग्री आयात निर्यात नहुने भएको छ ।

साथै पालिकाले झिर्पु मावि हिन्दीमा नौ वेडको आइशोलेशन वार्ड समेत निर्माण गर्ने भएको छ ।