३१ श्रावण २०८२, शनिबार | Sat Aug 16 2025


सक्रमित युवतीसंगै आएका चितवनका पाँचजनामा कोरोना देखिएन


0
Shares

चितवन । कतार एयरवेजबाट आएकी कोराना सक्रमित युवतीसंगै आएका चितवनका पाँचजनामा कोभिड–१९ कोरोना भाइरस नभएको पाइएको छ ।

एउटै जहाजमा आएकी युवतीमा कोरोनाको संक्रमण देखिएपछि चितवनमा रहेका पाँचजना कोरोना बिशेष अस्पताल पुगेका थिए  ।

बुधबार अस्पतालले उनीहरुको नमूना संकलन गरेर जाँचको लागि पठाएको थियो ।

भरतपुर कोरोना विशेष अस्पतालले पठाएको नमुनाको रिपोर्टमा नेगेटिभ आएको अस्पतालका प्रवक्ता डा भोजराज अधिकारीले जानकारी दिएका छन् ।