
चितवन, साउन २६ । उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवले बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुरको सेवा चुस्त–दुरुस्त बनाउन निर्देशन दिएका छन् ।
शनिबार अस्पतालको निरीक्षणपछि बोल्दै मन्त्री यादवले अस्पतालमा आउने बिरामीहरुलाई सहजरुपमा राम्रो उपचार दिन निर्देशन दिए ।
उनले अस्पतालको निरीक्षण गर्दा मुलुकको साधन–स्रोत र क्षमताले भ्याएसम्म राम्रो उपचार पाउने केन्द्रकारुपमा विकास हुँदै गइरहेको आफूले पाएको बताए ।
मन्त्री यादवले अस्पतालको सेवा अझ प्रभावकारी बनाउन नयाँ प्रविधिहरु भित्र्याउन आवश्यक रहेको पनि औंल्याए ।
प्रतिक्रिया दिनुहोस्