शेयर बजारमा ४२ अंकले गिरावट, कारोबार डेढ अर्ब « Imagekhabar – Online News Portal of Nepal
११ असार २०७९, शनिबार | Sat Jun 25 2022


शेयर बजारमा ४२ अंकले गिरावट, कारोबार डेढ अर्ब


130
Shares

काठमाडौं । सोमबार पनि शेयर बजारमा वियरिष ट्रेण्ड जारी रह्यो ।

बजार परिसूचक नेप्से ४२ अंक बराबरले ओरालो लागेर २३ सय ४३ मा आएर थामियो ।

सबै समूह राताम्मे रहँदा कारोबार पनि डेढ अर्ब हाराहारीबाट माथि उठ्न सकेन । निर्जीबन बीमा समूहमा सबैभन्दा उच्च साढें ३ सय अंक हाराहारीको गिरावट आउँदा जीवन बीमा समूह पनि साढें २ सय अंक बढीले ओरालो लाग्यो ।

उत्पादनमूलक समूह पनि सय अंक हाराहारीले झर्यो । अरु पनि अधिकांश समूह दोहोरो अंकले ऋणात्मक रहे ।

यस दिन नेपाल स्टक एक्सचेन्जमा २ सय २९ कम्पनीको ३८ लाख ७६ हजार कित्ता शेयर जम्मा १ अर्ब ५३ करोड बराबरमा किनबेच भएको एक्सचेन्जले जनाएको छ ।

यस दिन १ सय ८२ कम्पनीको शेयर मूल्य घट्दा जम्मा ११ कम्पनीको बढेको पनि नेप्सेले जनाएको छ ।