३१ श्रावण २०८२, शनिबार | Sat Aug 16 2025


कोरोना संक्रमित युवतीसँगै आएका युवाको ‘रिपोर्ट नेगेटिभ’


0
Shares

सुनसरी, चैत १५ । धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका लागि भर्ना भएका १६ जना शंकास्पद बिरामीको स्वाब ‘रिपोर्ट नेगेटिभ’ आएको छ ।

प्रतिष्ठानमा भर्ना भएका १६ जना बिरामीको स्वाब परीक्षणका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा नमुना पठाइएको थियो ।

उनीहरु सबैको स्वाब रिपोर्ट नेगेटिभ देखिएको बीपी प्रतिष्ठानका सहायक प्रवक्ता डा. अशोक ऐरले जानकारी दिए ।

त्यसैगरी, शनिबार तीनजना बिरामीको स्वाब परीक्षणको नमुना परीक्षणका लागि टेकु पठाइएको उनले जानकारी दिए ।

फ्रान्सबाट आएकी कोरोना संक्रमित युवतीसँगै आएका धरान उपमहानगरपालिका-६, पानवारीका युवाको स्वाब परीक्षण पनि नेगेटिभ देखिएको छ ।

प्रदेश नम्बर-१ का विभिन्न जिल्लाबाट आइ प्रतिष्ठानमा भर्ना भएका कोरोना संक्रमितको आशंकामा ८ जनाको उपचार भइरहेको उनले बताए ।