Logo १७ चैत्र २०८२, मंगलबार | Tue Mar 31 2026


‘चीनबाट सामान आएपछि परीक्षण बढाइने’


0
Shares

काठमाडौं, चैत १५ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले चीनबाट मेडिकलजन्य सामग्री ल्याएपछिमात्र कोरोनाभाइरस परीक्षणको दायरा बढाइने भएको छ ।

स्वास्थ्यमन्त्रीका स्वास्थ्य सल्लाहकार डा. खेम कार्कीले चीनबाट मेडिकलजन्य सामग्री ल्याएपछिमात्र कोरोना परीक्षणको दायरा बढाउने बताए ।

उनले मानव शरीरमा कोरोनाभाइरस ‘जिन’ रहे/नरहेको पत्ता लगाउने प्रविधि ‘आरटीपीसीआर’ सुरु गर्ने जानकारी दिए ।

आरटीपीसीआरले मानव शरीरबाट लिएको नमुनामा यो भाइरस भए/नभएको हेर्ने गर्छ । जसका लागि केमिकल रि एजेन्ट र मेसिनको आवश्यकता पर्छ ।

उक्त मेसिन र आवश्यक सामग्री चीनबाट ल्याएपछि यो प्रविधि देशैभर सुरु गराउने डा. कार्कीले बताए ।

जसका लागि ल्याबमा काम गर्ने स्वास्थ्यक्रर्मीहरुलाई तालिमसमेत दिन सुरु गरिने उनको भनाइ छ ।