
इलाम । अस्पतालमा पीपीईको अभाव भएको छ ।
सरकारले अत्यावश्यक स्वास्थ्य उपकरण प्रदेश सरकार मार्फत तत्काल उपलब्ध गराउने भने पनि अस्पतालमा पीपीईको अभाव भएको हो ।
प्रदेश सरकारले पीपीईको ६ सेट मात्र पठाएको र त्यो निकै कम भएपछि चेकजाँचमा समस्या भएको इलाम अस्पतालका मेडिकल सुपरिटेण्डेन डा.प्रभु शाहले बताए ।
अस्पतालमा ५० जना भन्दा बढी स्वास्थ्यकमी छन् । १५ जना विशेषज्ञ चिकित्सकको दरवन्दी छ तर हाल नौजना मात्र कार्यरत छन् ।
त्यसमा पनि २ जना इन्टर्नसिपमा रहेको अस्पतालले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्