३१ श्रावण २०८२, शनिबार | Sat Aug 16 2025


दैलेखका सबैै स्थानीय तहमा क्वारेन्टाइन निर्माण, स्वास्थ्यकर्मीको निगरानी बढाइयो


0
Shares

दैलेख । दैलेखका एघार वटै स्थानीय तहमा क्वारेन्टाइन निर्माण गरिएको छ ।

अधिंकाश विद्यालय, क्याम्पसहरुमा गरी २५–२५ वटा क्वारेन्टाईन कक्ष तयार गरेका छन् ।

पछिल्लो समय कोरोनाको त्रास बढेपछि दैलेखमा कामको सिलसिलामा भारतलगायतका मुलुकबाट धेरै जना फर्किएका छन् ।

स्थानीय तहहरुले उनीहरुले तथ्याकं संकलन थालेको छ भने सुरक्षित भएर सेल्फ क्वारेन्टाईनमा बस्न समेत अनुरोध गरेको छ ।

क्वारेन्टाईनमा स्वास्थ्यकर्मीको निगरानी समेत बढाइएको छ । जिल्ला स्वास्थ्य कार्यालय दैलेखले नौ वटा आईसोलेसन वेड, तीन वटा हाई केयर यूनिट तयारी अवस्थामा राखेको जनाएको छ ।

यता, मानिसहरु अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्केको र लकडाउनको पालना गर्ने बढिरहेको नारायण नगरपालिकाका प्रमुख रत्न बहादुर खड्काले बताए ।