
काठमाडौं । चीनबाट आज(शनिवार) कोभिड–१९ परीक्षण गर्ने किट र पिपीई लगायतका औषधिजन्य सामग्री ल्याइंदै छ ।
मेडिकल सामग्री लिन नेपाल वायु सेवा निगमको वाइड बडी विमान आज दिउँसो ग्वाङ्जाओ जाने निगमले जनाएको छ ।
वाइडबडी ए–३३० जहाज मध्याह्न १२ः३० बजे चीनको ग्वाङ्जाओ पठाउने तयारी गरिएको निगमले जनाएको छ ।
मेडिकल कार्गो उडानका लागि निगमको वाइडबडी जहाजले नियामक नेपाल नागरिक उड्डयन प्राधिकरणबाट उडान अनुमति पाइसकेको छ । करिब ३० टन मेडिकल सामग्री रहेको बताइएको छ ।
सरकारले कोभिड परीक्षण तथा उपचारका लागि अत्यावश्यक सामग्री चीनबाट ल्याउने यसअघि नै निर्णय गरेको थियो ।
यसअघि कोभिड–१९ पहिलोपटक फेला परेको चीनको हुवेई प्रान्तको वुहान रहेका नेपालीलाई निगमकै वाइड बडी जहाजले स्वदेश ल्याएको थियो ।
प्रतिक्रिया दिनुहोस्