
काठमाडौँ । मुलधारका प्रमुख राजनीतिक दलहरुले चुनावी गीतमार्फत जनताको मत जित्ने प्रयास गरिरहेका छन् ।
स्थानीय तह निर्वाचन आचारसंहिताले कुनै पनि दल वा उम्मेदवारलाई कसैको चरित्र हत्या हुने, व्यक्तिगत लान्छना लगाउने, मानहानी हुने कुनै प्रचार सामाग्री छापा, रेडियो, टेलिभिजन र सामाजिक सञ्जालमार्फत प्रकाशन, प्रसारण, सेयर, लाइक कमेन्ट गर्न नहुने प्रावधानमा कडाईगरेपछि मुलधारका प्रमुख राजनीतिक दलहरु सामाजिक सञ्जालमा सक्रिय देखिएका छन् । उनीहरुले चुनावी गीत बनाई जनताको मत जित्ने प्रयाय गरेका छन् ।
वैशाख ३० गते तय स्थानीय चुनावमा देश विदेशमा रहेका नेपाली मतदाता सचेत तुल्याउन बनाइएको गीतको बोल हो यो । चुनावी चुनावी माहोलबीच देशका विभिन्न राजनीतिक दलहरुले प्रचार अभियान थालेकै बेला बनेको यो गीतको बोलले जनतालाई झकझकाएको छ । देशमा मौलाएको भ्रष्टाचारदेखि विदेशमा रोजगारीको सिलसिलामा विदेशिएका नेपालीको पीडा समेत समावेश गरी तयार पारिएको यो गीतको बोलले सुशासनका लागि नेताहरुको ध्यानाकर्षण गराउन खोजेको छन् ।
यसअघिका चुनावमा प्रतिनिधित्व गर्न नसकेका दलहरुले चुनावी गीतमा हाम्रा हैन, राम्रा चुन्न आव्हान गरेका छन् । एउटै जनप्रतिनिधि पटकपटक दोहोरिएकोप्रति उनीहरुको कटाक्ष छ ।

नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र श्रव्यदृश्य सामाग्री सार्वजनिक गरेका छन् । अरु दल प्रचार सामाग्रीमा जुटेका छन् । नेपाली काँग्रेसले रणभूल्लमा नपरी आफ्नो पार्टीलाई मत हाल्न आव्हान गर्दा नेकपा एमालेले भने वर्गीय, जातीय मुद्दालाई उठाएको छ । नेकपा समाजवादी एस ले गाउँ शहर केन्द्रित चुनावी गीतको बोल बनाई मतदाताको ध्यान आकर्षित गर्दा जनता समाजवादीले आफूलाई नयाँ राजनीतिक शक्तिका रुपमा चिनाउने प्रयास गरेको छ ।
मत दिनु भनेको मन दिनु हो । भोलि चुनिने जनप्रतिनिधिको जवाफदेहीता आफूमा रहने भएकाले मतदानअघि नै माटोको माया गर्ने विकासप्रेमी नेता चुन्ने यो अवसरलाई कहर हैन, रहरका रुपमा आत्मसात गरौं । तपाईको एकमतमा देशको भविष्य निर्भर छ ।
प्रतिक्रिया दिनुहोस्