
फाइल तस्विर
काठमाडौं । मालढुङ्गा–बेनी सडकमा आज शनिबारदेखि यातायात बन्द गरिएको छ ।
बिहान ११ बजेदेखि दिउँसो ४ बजेसम्मका लागि सडकमा सवारी साधन आवतजावतमा रोक लगाइएको हो ।
सडक विस्तारको काम प्रभावित बनेपछि यातायात आवतजावत बन्द गरिएको बेनी–जोमसोम–कोरला सडक आयोजनाले जनाएको छ ।
यसअघि गत पुस १५ देखि माघ १४ गतेसम्म पनि दैनिक पाँच घण्टा सवारी साधन बन्द गरिएको थियो । एम्बुलेन्स र बिरामी बोकेका सवारी साधन तथा विकास निर्माणका अत्यावश्यक सवारी साधन सञ्चालनमा भने सहजीकरण गरिने भएको छ ।
कुश्मा नगरपालिका–१ मा पर्ने मालढुङ्गादेखि जलजला गाउँपालिकाका ८, ७, ४ र ३ नम्बर वडा हुँदै म्याग्दीको सदरमुकाम बेनी जोड्ने १३ किलोमिटर सडक बिस्तार, सुधार गरी दुई लेनको बनाउन काम भइरहेको छ ।
प्रतिक्रिया दिनुहोस्