
पाँचथर । पाँचथरमा बनाइएको क्वारेन्टाइन तथा आइसोलेसनमा आवश्यक उपरकण तथा औषधीको अभाव देखिएको छ ।
कोरोना भाईरसको संक्रमित विरामीहरुलाई चेकजाँच गर्न स्वास्थ्यकर्मीले लगाउने पीपीई तथा अस्पतालमा चाहिने मास्क, ग्लोब्स, सेनिटाइजरको अभाव देखिएको हो ।
सदरमुकाम फिदिममा बनाइएका क्वारेन्टाइनहरु, पाँचथर अस्पताल, निजी अस्पतालहरु तथा शिक्षाको श्रोत केन्द्रको भवन, फिदिम मा.वि.को ब्लकमा बनाइएको क्वारेन्टाइनमा समेत सामग्रीको अभाव भएको हो ।
सामग्रीहरु नहुँदा क्वारेन्टाइन तथा आइसोलेसनमा काम गर्न स्वास्थ्यकर्मीलाई समस्या हुने समर्पित अस्पतालका व्यवस्थापक शिशिर आङबोले जाकारी दिए ।
प्रतिक्रिया दिनुहोस्