
बागलुङ, चैत १३ । कोरोनाभाइरसको संक्रमण भएको आशंकामा धौलागिरि अञ्चल अस्पताल बागलुङको ‘आइसोलेसन वार्ड’मा भर्ना गरिएका एक युवाको ‘रिपोर्ट नेगेटिभ’ आएको छ ।
भारतको पटनाबाट आएका बागलुङ नगरपालिकाका युवाको कोरोनाभाइरससँग मिल्दो लक्षण देखिएपछि उनलाई आइसोलेसनमा राखिएको थियो ।
काठमाडौंको टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले उनमा कोरोना संक्रमण नरहेको रिपोर्ट दिएको हो ।
उनको रिपोर्टमा कोरोनाको संक्रमण नदेखिएको धौलागिरि अञ्चल अस्पताल बागलुङका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. शैलेन्द्रबी पोखरेलले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस्