
विराटनगर, चैत १३ । विराटनगरको नोबेल शिक्षण अस्पताललाई कोरोना उपचार केन्द्र बनाइने भएको छ ।
अस्पतालका सञ्चालक डा. सुनिल शर्माले कोरोनाभाइरस संक्रमित बिरामीको उपचारका लागि अस्पताललाई कोरोना उपचार केन्द्र बनाइने बताए ।
निजी तथा सरकारी अस्पतालले अहिले ज्वरो आएका बिरामीलाई समेत उपचार गर्न नमानेर समस्या व्यहोर्नु परिरहेको छ ।
नोबेलमा ७१ ओटा भेन्टिलेटरसहित ७६४ शय्या छन् ।
प्रतिक्रिया दिनुहोस्