
रसुवा, चैत १३ । रसुवामा २३१ शय्याको ‘क्वारेन्टाइन’ र ३५ शैयाको ‘आइसोलेसन बेड’ निर्माण गरिएको छ ।
कोरोनाभाइरसका शंकास्पद बिरामीहरूको निगरानी तथा उपचारको व्यवस्थापनका लागि जिल्लाका पाँचओटै गाउँपालिकामा २१० शय्याको क्वारेन्टाइन र ३५ शय्याको आइसोलेसन निर्माण गरिएको हो ।
विद्यालय, सरकारी भवनलगायतमा क्वारेन्टाइन र आइसोलेसन बेड निर्माण गरेको प्रमुख जिल्ला अधिकारी अर्जुन भण्डारीले बताए ।
जिल्ला प्रशासन कार्यालयमा बसेको जिल्ला विपद् व्यवस्थापन समितिको बैठकले ७२ घन्टाभित्र २१० शय्याको क्वारेनटाइन र ३५ शय्याको आइसोलेसनकक्ष निर्माण गर्ने निर्णय गरेअनुरुप ७२ घन्टामा सबै तयारी पूरा गरिएको हो ।
प्रतिक्रिया दिनुहोस्