काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नयाँ वर्षमा स्वदेश तथा विदेशमा रहेका नेपालीहरूमा शुभकामना व्यक्त गर्नु भएको छ ।
नयाँ वर्षले नेपाली जनसमुदायमा आपसी मेलमिलाप, भ्रातृत्व र राष्ट्रिय एकताको भावना विकास गराई सामाजिक न्याय सहितको समृद्धि हुँदै समाजवादको यात्रामा अग्रसर हुन प्रेरणा मिलोस् भन्ने प्रचण्डले कामना गर्नुभएको छ ।
नेपाली जनताको बलिदानीपूर्ण संघर्षबाट प्राप्त उपलब्धिलाई संस्थागत गर्दै निर्माण गरिएको नयाँ संविधान कार्यान्वयनको क्रममा दोस्रो पटक स्थानीय तहको निर्वाचन गर्न गइरहेको उहाँले बताउनुभएको छ ।
संघीयतालाई जनताको घरदैलोसम्म पुर्याउने स्थानीय सरकार निर्माणमा जनताको उत्साहप्रद सहभागिताले राजनीतिक परिवर्तनलाई अझ बढी संस्थागत र समृद्ध तुल्याएको प्रचण्डले बताउनुभयो ।
प्रचण्डले स्थानीय चुनावमा गठबन्धनका उम्मेदवारलाई मतदान गर्न पनि आग्रह गर्नुभएको छ ।









प्रतिक्रिया दिनुहोस्