३२ श्रावण २०८२, आइतबार | Sun Aug 17 2025


चन्द्रनिगाहपुरमा अस्थाई क्वारेन्टाइन संचालनम


0
Shares

रौतहट । रौतहटको चन्द्रनिगाहपुरमा अस्थाई क्वारेन्टाईन संचालनमा ल्याइएको छ ।

अखिल नेपाल फुटबल संघ एन्फाले निर्माण गरेको सुविधा सम्पन्न आधुनिक भवनलाई चन्द्रपुरसहितको चारवटा नगरपालिकाको सहयोगमा अस्थायी क्वारेन्टाइन संचालनमा ल्याइएको हो ।

क्वारेन्टाईनमा ६० वटा बेड छन् भने आवश्यक सुरक्षाकर्मी बस्ने प्रबन्ध मिलाइएको छ ।

चन्द्रपुर नगरपालिकाको २० लाख, गुजरा नगरपालिका, बृन्दाबन नगरपालिका र गडिमाई नगरपालिकाको १०,१० लाख गरी ५० लाख रुपैयाँको बजेटमा अस्थाई क्वारेन्टाईन संचालनमा ल्याइएको हो ।