
नेपालगञ्ज । बाँकेमा विभिन्न देशबाट आएका सात जनालाई क्वारेन्टाइनमा राखिएको छ ।
फ्रान्सबाट कतार हुंदै नेपाल आएकी कोरोना संक्रमित १९ वर्षीया युवती चढेको विमानमा आएका तीन जनासहित सात जनालाई क्वारेन्टाइनमा राखिएको हो ।
कतार एअरवेजको विमानमा बाँकेका चार जना आएकोमा प्रहरीले खोजेर आफ्नै घरमा बसिरहेको तीन जनालाई नेपालगञ्जस्थित महेन्द्र बहुमुखी क्याम्पसमा रहेको अस्थाई क्वारेन्टाइनमा राखिएको छ ।
उनीहरुको अबस्था सामान्य रहेको बताइएको छ । बांकी एक जनाको भने खोजी भैरहेको प्रहरीले जनाएको छ ।
त्यसैगरी भारतबाट आएका ४ जनालाई खजुरा गाउँपालिकाको मैटहवा माविमा बनाइएको क्वारेन्टाइनमा राखिएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहले जानकारी दिए ।
उनीहरुलाई १४ दिन क्वारेन्टाइनमा राखिने र संक्रमण देखिए उनीहरुको परिवारलाई समेत क्वारेन्टाइनमा राख्ने तयारी भइरहेको छ ।
यस्तै भारतबाट हिजो सांझ नेपाल भित्रिएका १७ जनालाई नाका नजिकैको सडकमा टेण्टमा राखिएको छ । उनीहरुलाई पनि क्वारेन्टाइनमा राख्ने तयारी भैरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्