कोरोनाका २६ बिरामी थपिए « Imagekhabar – Online News Portal of Nepal
२३ मंसिर २०७९, शुक्रबार | Fri Dec 9 2022


कोरोनाका २६ बिरामी थपिए


221
Shares

काठमाडौं । नेपालमा कोरोनाका २६ बिरामी थपिएका छन् ।

४ हजार ७८ जनामा गरिएको परीक्षणमा २६ जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ३७ बिरामी निको भएका छन् । योसँगै देशभर निको हुनेको संख्या ९ लाख ६६ हजार १ सय ११ पुगेको छ ।

यो अवधिमा कोरोनाबाट कसैको पनि ज्यान गएको छैन ।

सोही समयमा देशमा ४१ हजार ४ सय ७ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् ।

देशभर सक्रिय संक्रमितको संख्या ५ सय ५४ जना रहेका छन् ।