२१ बैशाख २०८२, आइतबार | Sun May 4 2025


कञ्चनपुरमा लकडाउन अवज्ञा गर्ने ८२ जना नियन्त्रणमा


0
Shares

कञ्चनपुर, चैत १२ । कञ्चनपुरमा लकडाउनको अवज्ञा गर्ने ८२ जनालाई बुधबार स्थानीय प्रशासनले नियन्त्रणमा लिएको छ ।

स्थानीय प्रशासनले भीमदत्त र महाकाली नगरपालिकाबाट ८२ जनालाई नियन्त्रणमा लिएको हो ।

उनीहरुलाई गड्डाचौकीस्थित भन्सार कार्यालयको प्राङ्गणमा राखिएको छ । उनीहरु भारतका विभिन्न शहरहरुबाट नेपाल प्रवेश गरेको भएपनि स्थानीय प्रशासनले भने लकडाउनको अवज्ञा गरेर सडकमा हिडिरहेको भेटेपछि नियन्त्रणमा लिएको बताएको छ ।

नियन्त्रणमा लिइएका व्यक्तिहरुको विस्तृत विवरण लिइ स्वास्थ्य परीक्षण पश्चात होमक्वारेण्टाइनमा बस्ने कागज बनाएर मात्र छोडिने कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी नूरहरि खतिवडाले बताए ।