४ जेष्ठ २०८२, आइतबार | Sun May 18 2025


मोहनको ‘सम्झनाको शीत’मा झरना र शशिको रोमान्स(भिडियो)


0
Shares

काठमाडौं । युवा गायक मोहन राईले आफ्नो दोस्रो गीतिएल्बम ‘मायाको खेल’मा रहेको ‘सम्झनाको शीत’ बोलको गीतको भिडियो सार्वजनिक गरेका छन् ।

मनु लोहोरुङ राईको शब्द र शिखर सन्तोषको संगीत रहेको यो गीतको भिडियो नेपाल म्युजिक क्रिएसनले युट्युबमार्फत सार्वजनिक गरेको हो ।

वीरेन्द्र भाटद्वारा निर्देशित भिडियोमा नायिका झरना थापा र मोडल शशि शर्मा मजगैयाँले अभिनय गरेका छन् ।

‘मायाको खेल’मा संग्रहित गीतमध्ये पहिलो भिडियो तयार पारिएको गायक राईले बताए ।

उनका अनुसार यो एल्बममा आठवटा गीत सुन्न सकिन्छ ।

त्यस्तै, व्याकुल माइला, प्रदीप ज्ञवाली, दीपेन्द्रनाथ शर्मा, दिनेश थपलिया, राजा घले र मुकेश राईले लेखेका गीतमा कन्काइस्ट राई, दिनेश सुब्बा, राजनराज शिवाकोटी र कृष्णभक्त राईले संगीत दिएका छन । गायिका अञ्जु पन्तले एउटा गीतमा साथ दिएको उनले सुनाए ।