देशको अर्थतन्त्र संकटमा गयो भन्दै कुप्रचार गरियो : अर्थमन्त्री शर्मा « Imagekhabar – Online News Portal of Nepal


देशको अर्थतन्त्र संकटमा गयो भन्दै कुप्रचार गरियो : अर्थमन्त्री शर्मा


91
Shares

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले देशको अर्थतन्त्रका विषयमा कुप्रचार गरिएको आरोप लगाउनुभएको छ ।

अर्थ मन्त्रालयमा सोमबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै मन्त्री शर्माले देशको अर्थतन्त्र ठूलो संकटमा गएको भन्ने विषय कुप्रचार मात्र भएको बताउनुभयो ।

यसअघि आइतबार नेकपा एमालेले पत्रकार सम्मेलन गर्दै देशको अर्थतन्त्र धरासयी बन्दै आएको र इतिहासमै पहिलो पटक कमजोर बनेको बताएको थियो ।

एमालेले देशको अर्थतन्त्रबारे जानकारी दिन पत्रकार सम्मेलन आयोजना गरेको भोलिपल्ट अर्थमन्त्रीले पत्रकार सम्मेलन गर्नुभएको हो ।

अर्थमन्त्री शर्माले अर्थतन्त्रका सूचक कमजोर भए पनि धरासायी नै नबनेको प्रस्ट पारे ।

‘बाहिर अर्थतन्त्र डुबिसक्यो, धरासयी बन्यो, टाट पल्टिसक्यो भनेर कुप्रचार गरिरहेको देखिएको छ,’ उहाँले भन्नुभयो, ‘त्यस्तो कुप्रचार गर्नु आवश्यक छैन ।’