२ श्रावण २०८२, शुक्रबार | Sat Jul 19 2025


जुनियर मिस्टर एण्ड मिस ग्लायमको अडिसन सम्पन्न


1.69k
Shares

काठमाडौँ । कथा इभेन्टको आयोजनमा हुन लागेको जुनियर मिस्टर एण्ड मिस ग्लायम नेपाल २०२२ को अडिसन आइतबार राती सम्पन्न भएको छ ।

साथै एक सय ३३ जनाले अडिसनमा भाग लिएको इभेन्ट डाइरेक्टर अनिल बुर्जा मगरले जानकारी दिएका छन । सो अडिसन छनौट भएका प्रतियोगीहरुलाई १५ दिनसम्म विभिन्न विषयमा प्रशिक्षणमा समावेश गरिने डाइरेक्टर अनिल बुर्जा मगरले बताएका छन ।

जस अन्तर्गत रङ्गमन्च प्रस्तुतीकरण, व्यक्तित्व विकास, बोल्ने कला, आत्मविश्वास अभिवृद्धि, सामाजिक तथा सामान्य ज्ञान, फेशन तथा क्याटवाक, सेलिब्रेटी अन्तरक्रिया, फोटोसेसनलगायतका क्रियाकलापहरु समेत रहने उनको भनाइ छ।

साथै अडिसनमा विजेताहरूले नगद २५ हजार र इन्टरनेशनलमा नेपाललाई प्रतिनिधित्व गर्दै प्रतिस्पर्धाको लागि भाग लिन पाउनेछन् । त्यसैगरी पहिलो रनरअपहरूले नगद १५ हजार र दोस्रो रनरअपहरूले नगद १० हजार पाउने बुर्जा मगरले बताउनु भएको छ । सम्पन्न अडिसनको निर्णायकमा वरिष्ठ र्यापर तथा म्यूजिक निर्देशक निर्णय श्रेष्ठ र कथा इभेन्टकी प्रमुख गनिका गुरुङ्ग रहेका थिए ।

याे अडिसन काठमाडौंको कागेश्वरी मनोहरा, मुलपानीस्थित प्रारम्भ एकेडेमीमा आइतबार सम्पन्न भएको थियो ।