Logo ३१ बैशाख २०८३, बिहिबार | Thu May 14 2026


पाँचथरका सातवटै पालिकामा क्वारेन्टाइन निर्माण सुरु


0
Shares

पाँचथर । स्वास्थ्य संवेदनशीलतलाई मध्यनजर गर्दे पाँचथरको फिदिम नगरपालिकालाई केन्द्रित गरेर एक सय वटा क्वारेन्टाइन बनाउन सुरु गरिएको छ ।

विश्वभर फैलिरहेको कोरोना भाइरसको महामारीलाई मध्यनजर गर्दे जिल्ला समन्वय समिति पाँचथरका प्रमुख विष्णुप्रसाद सापकोटा, फिदिम नगरपालिका प्रमुख ओनाहाङ नेम्बाङ, प्रमुख जिल्ला अधिकारी अर्जुनकुमार गुरागाई, जिल्लास्थित सबै सुरक्षा निकायका प्रमुखहरुको बैठकले क्वारेन्टाइन निर्माण गर्ने निर्णय गरेको हो ।

फिदिमको अगुवा स्रोतकेन्द्र भवन, फिदिम माध्यमिक विद्यालयको एउटा ब्लक र खेलकुद विकास समितिको हलमा क्वारेन्टाइन बनाउन सुरु गरिएको प्रमुख जिल्ला अधिकारी अर्जुनकुमार शर्माले जानकारी दिए ।

यसैगरी पाँचथरका सात वटा गाँउपालिकामा २५ वटाका दरले क्वारेन्टाइन निर्माण सुरु गर्न लगाइने निर्णय गरिएको जिल्ला समन्वय समिति पाँचथरका प्रमुख सापकोटाले बताए ।

अत्याधिक माग भएपछि पाँचथरको याङवरक गाउँपालिका आफैँले मास्क बनाउन थालेको छ ।

स्थानीय स्रोत साधन प्रयोग गरी एकै दिनमा १ हजार बढी मास्क बनाएर स्वास्थ्य संस्थामा कार्यरत कर्मचारी तथा पालिका मातहतमा खटिने अन्य कर्मचारीहरुलाई वितरण गर्न लागिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रोहिणीराज आचार्यले जानकारी दिए ।