१५ चैत्र २०८१, शुक्रबार | Fri Mar 28 2025


श्रीरामचन्द्र मन्दिरमा भक्तजनको भीड


65
Shares

काठमाडौं । रामनवमीका अवसरमा आज (आइतबार) काठमाडौंको बत्तिसपुतलीस्थित श्रीरामचन्द्र मन्दिरमा पूजा आराधनाका लागि भक्तजनको घुइँचो लागेको छ ।

भक्तजनहरुले भजन, किर्तनसहित पूजा आराधना गरिरहेका छन् । भगवान श्रीरामले सबै कामहरु मर्यादामा रहेर गर्ने हुँदा उहाँलाई मर्यादा पुरुषोत्तम पनि भनिन्छ । भगवान श्रीरामले मानिसहरु सत्य, निष्ठामा रहुन भन्ने चाहेका कारण हिन्दु धर्मावलम्वीले उहाँलाई उच्च सम्मान गरी पूजा गर्ने गरिएको श्रीरामचन्द्र मन्दिर जिर्णोद्धार तथा सम्बद्र्धन समितिका सदस्य सचिव गोविन्द टण्डनले बताउनुभयो ।

वि.सं. १९ सय २८ सालमा निर्माण भएको बत्तिसपुतलीस्थित श्रीरामचन्द्र मन्दिरमा राम, सिता, लक्ष्मण लगायतको मूर्ति रहेको छ । यहाँ आजको दिन बिहानैदेखि भक्तजनको लाइन लाग्ने गर्छन ।

मन्दिर व्यवस्थापनले आइतबार यहाँ करिब ४ लाख भक्तजनले दर्शन गर्ने लक्ष्य राखेको जनाएको छ ।