बिराज रोस्यारा (इमेज)
कैलाली, चैत ११ । सुदूरपश्चिम प्रदेश सरकारले कोरोनाभाइरसको रोकथाम र नियन्त्रणका लागि ११ करोड ५० लाख रुपैयाँ विनियोजन गरेको छ ।
मंगलबार धनगढीमा बसेको सुदूरपश्चिम प्रदेश सरकारको आकस्मिक बैठकले कोरोना रोगको रोकथामका लागि बजेट विनियोजन गर्ने निर्णय गरेको हो ।
बैठकले स्थानीय तहलाई तीन करोड रुपैयाँ सःशर्त अनुदान रकम दिने निर्णय गरेको हो ।
प्रदेशका ८८ ओटा स्थानीय तहलाई कोरोनाभाइरसको रोकथामका लागि सःशर्त अनुदान दिने निर्णयानुसार उपमहानगरपालिकालाई पाँच लाख, नगरपालिकालाई चार लाख र गाउँपालिकालाई तीन लाख रुपैयाँ दिइनेछ ।
मन्त्रीहरुको एक महिनाको पारिश्रमिक प्रदेश राहत कोषमा
सुदूरपश्चिमका मुख्यमन्त्री त्रिलोचन भट्टसहितका मन्त्रीहरुले विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोनाभाइरसको रोकथामका लागि एक महिनाको तलब दिने भएका छन् ।
मन्त्रिपरिषद्को बैठकले कोरोना रोकथामका लागि प्रदेश राहत कोषमा मुख्यमन्त्री र मन्त्रीहरुले एक महिनाको तलब दिने निर्णय भएको मुख्यमन्त्रीका स्वकीयसचिव शिवसिंह ओलीले बताए ।










प्रतिक्रिया दिनुहोस्