कैलाली, चैत ११ । सुदूरपश्चिमको सामाजिक विकास मन्त्रालयले कोरोनाभाइरसका संक्रमित तथा सम्भावित बिरामीको उपचारमा खटिने चिकित्सक तथा स्वास्थ्यकर्मीका लागि आवश्यक पर्ने ४६ थान ‘पीपीई’ वितरण गरेको छ ।
प्रदेशका तीन अस्पताललाई चिकित्सक तथा स्वास्थ्यकर्मीले उपचारका क्रममा लगाउने विशेष खालको पोसाक अथात् पर्सनल प्रोटेक्टिभ इक्युमेन्ट (पीपीई) उपलब्ध गराइएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
सामाजिक विकासमन्त्री कृष्णराज सुवेदीका स्वकीयसचिव लोकेन्द्र धामीले सेती प्रादेशिक अस्पताललाई ३०, महाकाली अस्पताललाई १२ र टीकापुर अस्पताललाई चारथान पीपीई उपलब्ध गराइएको जानकारी दिए ।










प्रतिक्रिया दिनुहोस्