Logo ४ बैशाख २०८३, शुक्रबार | Fri Apr 17 2026


क्षेत्रपाटी अस्पतालको नयाँ भवनका लागि १ करोड ६८ लाख रुपैयाँ आर्थिक संकलन


234
Shares

काठमाडौं । क्षेत्रपाटी निःशुल्क अस्पतालको नयाँ भवन निर्माणका लागि ‘हाम्रो मित्र यूवा समूह’ ले १ करोड ६८ लाख रुपैयाँ आर्थिक संकलन गरेको छ ।

विभिन्न क्षेत्रमा सक्रिय सहयोगीहरुले अस्पतालको नयाँ भवन निर्माणका लागि सो रकम सहयोग गरेका हुन् ।

भवन निर्माणका लागि सहयोग गर्ने सहयोगीदातालाई आज एक कार्यक्रमका बीच सम्मान गरिएको छ ।

सहयोगीदातालाई नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले सम्मान गर्नुभएको हो । सम्मान कार्यक्रममा बोल्दै उहाँले अस्पतालको भवन बनाउने पवित्र कामका लागि सहयोग गर्ने दातालाई धन्यवाद दिनुभयो ।

हाम्रो मित्र यूवा समूहका अध्यक्ष कुमार देव मानन्धरले अस्पतालको भवन निर्माणका लागि हालसम्म २४ जनाले सहयोग गरेको जानकारी दिनुभयो ।