 
	    काठमाडौँ । गण्डकी प्रदेश सरकारले निर्वाचन आचारसंहिता लागूहुनु अघिल्लो दिन ११ वटै जिल्ला खेलकुद विकास समिति र एक अस्पतालका अध्यक्षसहितका पदाधिकारीलाई हटाएको छ ।
बिहीबार बसेको मन्त्रिपरिषदको बैठकले उनीहरुलाई पदमुक्त गरेको हो । पदाधिकारी हटाएसंगै सरकारले खेलकुद विकास समितिका पदाधिकारी निर्वाचनपछि नियुक्त गर्ने तयारी गरेको छ ।
तर संक्रामक तथा सरुवा रोग अस्पताल व्यवस्थापन समितिको अध्यक्ष र सदस्य भने आजै नियुक्त गरेको छ । अघिल्लो सरकारले नियुक्त गरेका जिल्ला अस्पताल व्यवस्थापन समितिका पदाधिकारीले चित्त बुझ्दो जवाफ नदिएको भन्दै सरकारले नयाँ नियुक्त गरेको हो ।
अघिल्लो सरकारले १६ वैशाखमा ३ वर्षे कार्यकालका लागि सरुवा रोग अस्पताल व्यवस्थापन समिति अध्यक्षमा कृष्णप्रसाद पौडेलसहित ४ पदाधिकारीलाई नियुक्त गरेको थियो ।
अस्पताल व्यवस्थापन समितिका अन्य सदस्य नेपाली कांग्रेस र एकीकृत समाजवादीबाट रहने जनाइएकाे छ ।


 कोशी
कोशी
                                         मधेश
मधेश
                                         बागमती
बागमती गण्डकी
                                            गण्डकी
                                         लुम्बिनी
लुम्बिनी
                                         कर्णाली
कर्णाली
                                         सुदूरपश्चिम
सुदूरपश्चिम 
	                                	                            

 
                
प्रतिक्रिया दिनुहोस्