२ श्रावण २०८२, शुक्रबार | Sat Jul 19 2025


आजबाट ‘मैले आई लभ यू भन्नै सकिनँ’ को प्रदर्शन


637
Shares

काठमाडौं । प्रेमकथामा आधारित फिल्म ‘मैले आई लभ यू भन्नै सकिनँ’ आजदेखि प्रदर्शनमा आएको छ । 

बाबु जिम्बा र शंकर कार्कीको संयुक्त निर्देशनमा बनेको यो फिल्ममा बुद्धि तामाङ, अञ्जली अधिकारी, राजाराम पौडेल, स्व. जयनन्द लामा, सुजन नेपाली, कविता पुरीलगायतका कलाकारहरूले अभिनय गरेका छन् ।

फिल्ममा शंकर कार्कीको कथा, वीर मास्टरको द्वन्द्व, आशिया जिम्बा र सुशील डांगीको छायांकन र आशिष जिम्बाको सम्पादन रहेको छ ।

शंकर कार्की कार्यकारी निर्माता र प्रेम श्रेष्ठ निर्माता रहेको फिल्मको सह–निर्मातामा भक्त बहादुर नेपाली र मेशर बहादुर नेपाली छन् ।

फिल्मलाई वितरण गर्ने जिम्मा ‘आरआर फिल्मस्’ ले लिएको छ । यस फिल्मलाई युवापुस्ताको भावनालाई बुझेर फिल्म बनाएको हो भन्ने निर्माण पक्षको दाबी छ । यस फिल्मले दर्शकको साथ पाउने निर्माण पक्षको विश्वास छ ।

‘मैले आई लभ यू भन्नै सकिनँ’ ले केही साता अघि रिलिज भएको सुपरहिट साउथ फिल्म ‘आरआरआर’ सँग प्रतिस्पर्धा गर्नेछ । यो फिल्मले कस्तो व्यापार गर्ने हो त्यो चाहिँ हेर्न बाँकी रहेको छ ।