पाँच वर्षे कार्यकालमा ९० प्रतिशत काम गर्न सफल भएको मेयर महर्जनकाे दावी « Imagekhabar – Online News Portal of Nepal
२२ श्रावण २०७९, आईतवार | Mon Aug 8 2022


पाँच वर्षे कार्यकालमा ९० प्रतिशत काम गर्न सफल भएको मेयर महर्जनकाे दावी


2.041k
Shares

काठमाडौ । ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले आफ्नो ५ वर्षे कार्यकालमा ९० प्रतिशत काम गर्न सफल भएको दावी गर्नुभएको छ ।

आफ्नो ५ वर्षे कार्यकालमा भएका कामहरुको प्रगती विवरण आज (बिहिबार) सार्वजनिक गर्दै उहाँले यस्ताे बताउनुभएकाे हाे । आयोजित पत्रकार सम्मेलनमा उहाँले ५ वर्षमा ७ हजार भन्दा बढी साना ठूला योजना सम्पन्न भएको बताउनुभएकाे छ ।

कतिपय घोषणा पत्रमा नसमेटिएका काम पनि आफूहरुले गरेको उहाँकाे तर्क छ । महानगरलाई स्मार्ट सिटि बनाउने आफूहरुको योजना ७५ प्रतिशत काम सकिएको समेत उहाँले बताउनुभएकाे छ ।

बाँकी २५ प्रतिशत काम सम्पन्न हुने बित्तिकै ललितपुर महानगरपालिकाको छुट्टै पहिचान बन्ने ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनकाे दावी छ ।