Logo २८ आश्विन २०८२, मंगलबार | Tue Oct 14 2025


सिटी एक्सप्रेसद्वारा जालसानसँगको सहकार्यमा “स्टुडेन्ट्स मिट २०२२” सम्पन्न


78
Shares

काठमाडौं । सिटी एक्सप्रेस मनी ट्रान्सफर प्रालिले जापानीज ल्याङ्वेज स्कुल एसोसिएसन अफ नेपाल (जालसान) सँगको सहकार्यमा “ स्टुडेन्ट्स मीट २०२२” कार्यक्रम सम्पन्न गरेको छ ।

सो कार्यक्रममा जालसानसँग आवद्ध ४० भन्दा बढि शैक्षिक परामर्शदाताहरु मार्फत जापान जान लागेका २ सय भन्दा बढि विद्यार्थीको सहभागिता रहेको थियो ।

कार्यक्रममा सिटी एक्सप्रेस मनी ट्रान्सफरका प्रबन्ध निर्देशक चन्द्र टण्डनले जापान जान लागेका विद्यार्थीहरुलाई जापानी संस्कृतीको बारेमा जानकारी दिनुको साथै जापान पुगे पश्चात आफुले मिहेनत गरेर कमाएको पैसा बैंकिङ्ग च्यानल मार्फत मात्र नेपाल पठाउन आग्रह गर्नुभएको थियो ।

उक्त कार्यक्रममा हाल जापान बसेर सिटी एक्सप्रेस मनी ट्रान्सफर जापान कम्पनी लिमिटेडमा दर्ता भएका १० जना भाग्यशाली विजेताहरुलाई सिटी आयो पुरस्कार ल्यायो योजना अन्तर्गत जनही दश हजार रुपैयाँ पुरस्कार विद्युतीय लक्की ड्र सिस्टम मार्फत बिजेता घोषणा पनि गरिएको थियो । सिटी एक्सप्रेसले जालसानसँगको सहकार्यमा जापानमा अध्ययनरत विधार्थीहरुको लागि हरेक वर्ष पुरस्कार प्रदान गर्ने योजना समेत बनाएको छ ।

सिटी एक्सप्रेसले रेमिटान्स क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउदै बिगत १५ वर्ष देखि संसारभरबाट विप्रेषण सेवा प्रदान गर्दै आइरहेको छ ।