बारको निर्वाचन : सत्ता गठबन्धनका घिमिरे दोब्बर मतले अगाडि « Imagekhabar – Online News Portal of Nepal
१८ माघ २०७९, बुधबार | Wed Feb 1 2023


बारको निर्वाचन : सत्ता गठबन्धनका घिमिरे दोब्बर मतले अगाडि


1.287k
Shares

काठमाडौं । नेपाल बार एसोसिएसनको केन्द्रीय कार्यसमिति निर्वाचनको मतगणना जारी छ । नेपाल बार एसोसिएसनको अध्यक्षमा सत्ता गठबन्धनबाट अध्यक्षका प्रत्यासी बनेका गोपालकृष्ण घिमिरे प्रगतिशील समूहका अध्यक्षका उम्मेदवारभन्दा दोब्बर मतले अगाडि देखिनु भएको छ ।

देशभरका कानुन व्यवसायीको छाता संगठन नेपाल बारको हालै सम्पन्न निर्वाचनको जारी मतगणनामा घिमिरे आफ्ना प्रतिष्पर्धीभन्दा १ हजार ७१ मतले अग्रता लिनुभएको छ ।

मध्यान्ह साढे १२ बजेसम्मको मतगणनाअनुसार गठबन्धनबाट अध्यक्षका प्रत्यासी बनेका घिमिरेले २ हजार २४० मत पाउनु भएको छ भने प्रगतिशील समूहका उम्मेदवार विष्णुमणि अधिकारीले १ हजार १६९ मत पाउनु भएको छ ।

अन्य सबै पदमा पनि सत्ता गठबन्धनबाट उम्मेदवारी दिएकाहरुको नै अग्रता रहेको छ ।